राष्ट्रपति पौडेलद्वारा जानकी मन्दिरमा पूजाअर्चना

काठमाडाैं | असोज ८, २०८०

राष्ट्रपति पौडेलद्वारा जानकी मन्दिरमा पूजाअर्चना फाइल तस्बिर

धनुषा: राष्ट्रपति रामचन्द्र पौडेलले आज जनकपुरधाममा रहेको जानकी मन्दिरमा पूजाअर्चना र दर्शन गर्नुभएको छ । उहाँले जानकी मन्दिरमा अखण्ड दीप प्रज्ज्वलन गर्नुकासाथै अखण्ड कीर्तनको दर्शन एवं प्रसाद ग्रहण गर्नु भएको हो । 

 

राष्ट्रपतिलाई जानकी मन्दिरमा मूल महन्त रामतपेश्वर दासले स्वागत गर्नुभयो । राष्ट्रपति पौडेललाई जनकपुर विमानस्थलमा मधेस प्रदेश प्रमुख हरिशङ्कर मिश्र, मुख्यमन्त्री सरोज यादव, पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधि, सङ्घीय सांसद, नगरका मेयर तथा सुरक्षा निकायका प्रमुखले स्वागत गर्नुभएको थियो । 

 

राष्ट्रपति पौडेलले जनकपुरधाममा निर्माण भएको महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र सभाहलको आज दिउँसो समुद्घाटन गर्ने कार्यक्रम रहेको छ । राष्ट्रपति पौडेललाई विशेष सम्मानसहित नागरिक अभिनन्दन गर्न लागिएको जनकपुरधाम उपमहानगरपालिका मेयर मनोजकुमार साहले जानकारी दिनुभयो । 

काठमाडौं: सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘आदिवासी जनजाति आयोगको छैटौँ वा...

थप पढ्नुहोस्

गण्डकी: म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ मुलपानीस्थित एकतारे खोलाले बगाउँदा ३५ वर्षीय भीमबहादुर घर्ती बेपत्ता हुनुभएको छ ।   रघुगङ्गा–८ चौरखानीबाट किनेर ल्याएको भैँसीसहित खोला तर्ने क्रम...

थप पढ्नुहोस्

गण्डकी:   कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी सदरमुकाम बेनीबाट मुस्ताङको जोमसोम जोड्ने सडक पहिरोले अवरुद्ध भएको छ ।   रघुगङ्गा गाउँपालिका-२ बैसेरीमा आज दिउँसो सडकमाथि पहिरो खस्दा सवारी आवा...

थप पढ्नुहोस्